म्याग्दी जिल्ला सदरमुकाम बेनीबजारमा म्याग्दी महोत्सव सुरु

January 13, 2012

मुल आयोजनामा शुक्रबार देखी सदरमुकाम बेनीबजारमा म्याग्दी महोत्सव तथा बहु-जिल्लास्तरिय कृषि औद्योगिक ब्यापारिक मेला सुरु भएको छ । उद्योग व्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबर्धन गरौं भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भास्कर राज कर्णिकारले उद्घाटन गर्नुभएको थियो ।महोत्सवको अवसरमा विभिन्न जातिय संघसंस्था विद्यालय लगायतले तामधामका साथ बजार परिक्रमा गरेका थिए । More...
संविधान सभाका सदस्य गोविन्द पौडेल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोदकुमार श्रेष्ठ पश्मिाचल उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद मसा्रनी पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष एवम् धौलागिरि अाचल संयोजक होमनारायण श्रेष्ठ बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठ लगायत विभिन्न राजनैतिक दल तथा संघसंस्थाको प्रतिनिधित्व रहेको थियो ।धौलागिरि अाचलका चारै जिल्ला बाग्लुङ पर्वत म्याग्दी र मुस्ताङ जिल्लाका बिभिन्न पर्यटकिय स्थानहरुको प्रचारप्रसार स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा स्टलबाटै विकि्र वितरण भइरहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवम् मुल संयोजक कुविरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।विगतका बर्षमा सदरमुकाम र आसापासका क्षेत्रमै केन्द्रित हुने महोत्सव यसपटक भने फिस्टेल हेलिकप्टरबाट धौलागिरि अाचलका प्रमुख पर्यटकीय क्षेत्रको अवलोकन गर्न ब्यवस्था समेत मिलाइएको छ । महोत्सवका लागि आवश्यक सुरक्षा ब्यवस्था समेत कडा बनाइएको छ । महोत्सवका प्रमुख आर्कषण हात्ती सयरलाई लिइएको छ । महोत्सवमा ल्याइएको हात्ती हेर्नका लागि गाउँगाउँबाट सर्वसाधारण आएका थिए ।
अाचलका बाग्लुङ पर्वत र म्याग्दीले प्रत्येक वर्ष आलोपालो गरि आयोजना गर्ने महोत्सवको यो वर्षको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघ भएपनि सह आयोजकमा भने बाग्लुङ पर्वत र मुस्ताङ जिल्लाका उद्योग वाणिज्य संघहरु समेत छन् । महोत्सवलाई मध्यनजर गरेर बेनीबजार बेहुली जस्तै सजिएको छ । बेनीबजार बासीले महोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु साचालन गरिरहेका छन् । महोत्सवले स्थानिय उत्पादन तथा बस्तुको सहज रुपमै बजारीकरणमा सघाइरहेको छ । आगामी माघ ८ गते सम्म साचालन हुने महोत्सवमा एक लाख पर्यटक भित्राउने र करिव ७ करोडको कारोबार हुने आयोजकले जनाएको छ । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव बेलबहादुर कटुवालले साचालन गर्नुभएको महोत्सवको स्वागत प्रथम उपाध्यक्ष जिवनकुमार विश्वकर्मा र अध्यक्ष कुविरकुमार श्रेष्ठले गर्नुभएको थियो ।




  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP