म्याग्देली चेली लिला रामजाली सहयोगार्थ ६५ लाख ओन भन्दा बढि संकलन गर्न सफल

February 11, 2012

म्याग्दी जिल्ला कुंहु गाबिसबाट ईपियस भीषा मार्फत कोरिया आई कार्यरत रहंदा कम्पनीको मेशिनमा दुबै हात परि दुबै हातको पन्जा लगाउने भाग सम्म गुमाउन पुगेकी बर्ष २३ की लिला रामजालीको सहयोगार्थ म्याग्दी समाज समिति दक्षिण कोरियाले शुरु गरेको चन्दा सहयोग संकलन बिबरण अनुसार हाल सम्म करिब पैसठ्ठी लाख ओन भन्दा बढि संकलन गर्न सफल भएको छ । स्मरणिय रहोस् गत जनवरी महिनामा कोरोयामा सम्पन्न दुई वटा सांस्कृतिक कार्यक्रममा हजारौ प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको माझ समाजको तर्फबाट चन्दा बक्स मार्फत करिव चौवालिस लाख ओन संकलन गरिएको थियो । कोरियामा रहेका म्याग्देलीहरुलाई न्युनतम २० हजार ओनको दरले संकलन सुरु गरिएको सहयोग बापत समेत करिव २० लाख ओन भन्दा धेरै संकलन भई सकेको छ । More picture....




  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP