म्याग्दी समाज नवौ कार्य समितिको पहिलो बैठक सम्पन्न,म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण कार्यको थालनी गर्ने निर्णय

February 12, 2012

म्याग्दी समाज समिति दक्षिण कोरिया नवौं कार्य समितिको पहिलो बैठक राजधानी सउलको ओईदे स्थित नमस्ते रेष्टुरेण्टमा सम्पन्न भएको छ । समाजका नव नियुक्त अध्यक्ष भरत तुलाचनको अध्यक्षता र सचिव बाबुराम शर्माको संचालनमा सम्पन्न बैठकको पहिलो चरणमा नवौं कार्य समितिको सल्लाहकार सदस्यहरुको चयन गरिएको थियो । जस्मा,म्याग्दी समाज सातौं तथा आठौं कार्य समितिका अध्यक्ष नर बहादुर पुन, पुर्व सल्लाहकार तथा थसेस कोरियाका अध्यक्ष भक्त सेरचन, एनआरएन कोरियाका पुर्व अध्यक्ष तथा एन आर एन च्यारिटी टाक्स फोर्स एसियाका संयोजक बिनोद कुंवर, म्याग्देली ब्यबसायी ओम जुग्जाली र  कोरियाली कम्पनीका म्याग्देली मालिक रविन छन्त्याललाई सल्लाहकारमा चयन गरको छ । त्यस्तै आजको बैठकले बरिष्ठ भलिबल खेलाडी मुक्त केसीको अध्यक्षतामा म्याग्दी समाज नवौ कार्य समिति अन्तर्गत खेलकूद समितिको चयन गरेको छ । जस्मा, अध्यक्ष- मुक्त केसी,उपाध्यक्ष-भबिन्द्र पाईजा,सचिव-अमर छन्त्याल,कोषाध्यक्ष-उदय बुढाथोकी र सदस्यहरुमा, कमल पुन,योगेन्द्र छन्त्याल,किसन सेन,श्री प्रसाद पुन,राजकुमार पुन,मोहन फगामी,भिम पुन , दुर्गा भण्डारी र मोहन फगामीलाई चयन गरिको छ ।
बैठकले म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण कार्यलाई मार्च महिना देखि शुरु गर्ने गरि आर्थिक संकलन सम्बन्धि अति महत्वपुर्ण निर्णय गरेको छ । त्यस्को अलावा म्याग्दी रनिङ कपको आयोजना र आगामी छुसकमा म्याग्दी समाज समितिको तर्फबाट हाल सम्म आयोजित चिट्ठा कार्यक्रम भन्दा बिल्कूल नयां स्वरुपको भाग्यशाली चिट्ठा कार्यक्रमको आयोजना गर्नको लागि दाबेदारी दिने निर्णय गरेको छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP