फेब्रुअरी १२ तारिख म्याग्दी समाज नवौं कार्य समितिको पहिलो बैठक बस्ने

February 2, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाको नव गठित नवौं कार्य समितिको पहिलो बैठक आगामी हप्ताको आईतबार अर्थात फेब्रुअरी १२ तारिख आईतबारको दिन बस्ने भएको छ । कार्य समितिको पहिलो बैठकले बैठकको पहिलो चरणमा  नवौ कार्य समितिको सल्लाहकार सदस्यहरु र म्याग्दी समाज खेलकूद समितिको चयन गर्ने छ भने बैठकको दोश्रो चरणमा म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण  कार्यलाई छिटो भन्दा छिटो अगाडी बढाउन सकिने सम्भावित उपायहरु माथि थप छलफल गरिने छ ।
स्थान-ओईदे स्थित नमस्ते रेष्टुरेण्टको माथिल्लो तल्ला ।
मिति-२०१२ फेब्रुअरी १२ आईतबार ।
समय- दिनको १२ बजे ।
थप बिबरण


  साथै मे महिनाको २७ तारिख आईतबारको दिन   आयोजना  गर्न गई रहेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कपको बिशेष तयारी सम्बन्धि छलफल  गरिने छ । बैठक स्थल राजधानी सउलको ओईदे स्थित नमस्ते रेष्टुरेण्टको माथिल्लो तल्ला (तिहार कार्यक्रमको आयोजना गरेको हल) मा   निश्चित भएको हुनाले यसै सुचनालाई आधार मानि नवौं कार्य समितिका पदाधिकारीहरु ,भुपु सल्लाहकारज्युहरु, खेलाडी साथीहरु  लगायत म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP