स्याङजा परिवारले समेत म्याग्देली चेली लिला रामजालीलाई आर्थिक सहयोग गर्ने

February 27, 2012

  दुर्भाग्यवश कोरियाली भूमिमा दुबै हात गुमाउन पुगेकी म्याग्देली चेली लिला रामजालीलाई स्याङजा परिवार दक्षिण कोरियाले समेत आर्थिक सहयोग गर्ने निर्णय गरेको कुरा स्याङजा परिवारका नव नियुक्त अध्यक्ष श्री मिलन रानाले आज फोन मार्फत जानाकारी गराउनु भएको छ । बिदेशी भूमिमा एकजना म्याग्देली चेलीलाई पर्न आएको दुखद परिस्थितिमा सहयोग गर्ने संघ संस्थाहरु मध्य स्याङजा परिवार तेश्रो हो । यस अघि नेपाल मगर संघ गणतन्त्र कोरियाले तीन लाख ओन सहयोग गर्ने घोषणा गरि सकेको छ भने वुमन्स फोर वुमन्स कोरियाले एक लाख ओन सहयोग म्याग्दी समाजको खातामा पठाई सकेको छ । एन सिसी पुसान शाखाले भने पुसान एरियामा चन्दा संकलन कार्यलाई तिब्रता दिंदै अन्य बिबिध सहयोग गर्दै आएको छ । सहयोगी सम्पूर्ण संघ संस्थाहरुलाई म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।




  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP