आकष्मिक कक्ष निर्माणार्थ चिनो म्याग्देली लोट्टेरी बितरण सुरु गरिने

March 3, 2012


चिनो म्या‍ग्देली लोट्टेरी
 म्याग्दी अस्पतालको हातामा आगामी अप्रील महिना देखि निर्माण कार्य सुरु गर्नको लागि अर्थ संकलनको पहिलो सोंच अनुसार कोरियामा रहेका हरेक म्याग्देलीहरुको लागि चिनो म्याग्देली लोट्टेरी आज आईतबार देखि बितरण सुरु गरिने भएको छ । म्याग्दी समाज नवौ कार्य समितिको पहिलो बैठकले गरेको निर्णयानुसार  कोरियामा रहेका हरेक म्याग्देलीहरुले १० वटा टिकट आफू स्वयं वा बिक्री गरि अनिबार्य रुपमा सहभागिता जनाउनु पर्ने छ । सो भन्दा बढि बेच्न वा लिन चाहाने म्याग्देलीहरुको लागि टिकट खुला गरिने छ । यस म्याग्देली लोट्टेरीमा सहभागि म्याग्देलीहरुलाई नवौं कार्य समितिको दुई बर्षे सदस्यता कायम गराउनुका साथै नव निर्मित आकष्मिक कक्षको शीला लेखमा नाम ठेगाना सहित अंकित गरिने छ । यस चिट्ठाको रकममा हाल सम्म संकलित  ब्यक्तिगत चन्दा रकम समेत एकमुष्ठ गरिने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP