म्याग्देली चेली लिला राम्जाली सहयोगार्थ ७५,३३,१०० ओन संकलित, आज आईतबार हस्तान्तरण गरिने

March 3, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्देली चेली लिला राम्जाली सहयोगार्थ सुरु गरेको चन्दा संकलन रेकर्ड अनुसार ७५,३३,१०० ( पचह्त्तर लाख तेत्तिस हजार एक सय ओन ) संकलन गरिएको छ । आज आईतबार राजधानी सउलको दुर्गा रेष्टुरेण्टमा लिला रामजालीलाई उक्त रकम हस्तान्तरण गरिने छ । त्यस्तै, गत २८ तारिख बुधबारको दिनमा बैनी लिला रामजालीको गुमेको दुबै हात मध्य एकापट्टीको हात एक करोड पच्चीस लाख ओनमा कोरियाको पुसान शहर स्थित अस्पतालमा प्रत्या रोपण गरिएको छ । हात प्रत्यारोपणमा कम्पनी मालिकबाट कुनै सहयोग नभएकोले उक्त रकम चन्दा सहयोग संकलनबाट खर्च गरिऐको छ ।  स्मरणीय रहोस, हात प्रत्यारोपण कार्यको लागि गत हप्ता समाजमा संकलित ६५,००,००० ओन पठाई सकिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP