४ तारिख आईतबार सहयोग रकम हस्तान्तरण कार्यक्रम सहित नियमित बैठक बस्ने

February 26, 2012

यसै हप्ताको आईतबार अर्थात मार्च ४ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित दोश्रो बैठक बस्ने भएको छ । उक्त दिन दुर्घटनामा परेर उपचारार्थ अस्पताल रहेकी म्याग्देली चेली लिला रामजालीको प्रत्यक्ष उपस्थितिमा हाल सम्म संकलित रकम हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । कार्य समितिका सम्पूर्ण सदस्यहरु,सल्लाहकार सदस्यहरु तथा कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुको बृहत उपस्थितिमा हस्तान्तरण कार्यक्रम र म्याग्दी अस्पतालको आकस्मिक कक्ष निर्माणार्थ  तयार गरिएको ~CHINO MYAGDELI  LOTTERY~को बितरण र आगामी अप्रील महिनाको १५ तारिख  देखि निर्माण कार्यको थालनी गर्ने बारेमा बृहत छलफल गरिने छ । हाल   म्याग्दी अस्पतालको आकस्मिक कक्ष करिव १२ लाख रुपैयांमा निर्माण गर्नको लागि सदरमुकाम बेनीमा निर्माण कमिटी गठन  लगायतका प्रकृयाहरु अगाडी बढिसकेको छ ।  
स्थान-दुर्गा रेष्टुरेण्ट चोङगाक (चिया)
समय- दिनको १२ बजे

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP