म्याग्देली चेली लिला राम्जालिलाई सहयोग गर्न नेपाल सम्पर्क सामिति पुसान शाखाको हार्दिक अपिल

February 23, 2012

बिभिन्न संघ संस्था तथा बिभिन्न उद्देस्यले कोरियामा पाल्नु भएका सम्पुर्ण कोरीयाबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा नेपाली सम्पर्कसमिती बुशान शाखा हार्दिक अपिल गर्दछ ।
सुन्दर भबिष्यको सपनाको साथ म्याग्दी जिल्ला कुहुं गाबिसबाट 2011-04-28 मा ईपिएस भिसा  मार्फत कोरियाको बुसान शहरको सिन्फेङमा कार्यरत २३ बर्षिय लिला राम्जालीले आएको ६ महीनैमा अर्थात 2011-10-12 मा संधैको लागि दुबै हातको हत्केला गुमाउन पुगेकी छिन । चार सय डिग्रीको तापक्रम सहितको प्लाष्टिक कम्पनीको मेशिनमा च्यापिन पुगेको दुबै हत्केलाको जोर्नी देखि २ सेन्टिमिटर माथि सम्म गुमाउन पुगेकी छिन । भन्ने कुरा सम्पूर्ण नेपालीहरुमा यस अघी नै थाहाभएको कुरा नै भएको र हाल उपचारको क्रममा छाङउन अस्पतालमा रहेकोले डाक्टरहरुको सल्लाह बमोजिम नक्कली  हात राख्ने कुरामा सहमती भएको थियो र सो बमोजिम हातको नाप जाप गरी जर्मनमा बनेको १ करोड २० लाख कोरियन वोन पर्ने हात तयार गरिएको छ ।
शुरुको दिन्हरुमा कम्पनी को मालिकले लीला मेरो छोरी सरहको मान्छे हो र उस्को लागी म जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको कुरा गर्ने गरेकोमा हाल आएर कुनै सम्पर्क पनि नगर्ने र फोन गर्दापनी नउठाउने गरेकोले कम्पनि साहुको लागी पनि हामी कानुनको  शाहारामानै जानु पर्ने भएकोले हालको समस्या भनेको त्यो हात किन्न को लागी लाग्ने खर्च्र को भएको र त्यो जिम्मा हामी सम्पूर्ण नेपाली हरुको काधमा आएकोले तपाईं हाम्रो सानो सहयोगले ति हाम्री नेपाली चेलीको ठुलो घाउमा केही मलम पट्टी हुन सक्ने भएको ले आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिन हुन नेपाली सम्पर्क समिती बुशान शाखा हार्दिक अनुरोध गर्दछ।
बाँकि पढनुहोस >>>>>>

तपाईंहरुले ब्यक्तिगत वा सस्थागतरुपमा सहयोग गर्नको लागि निम्न ब्यक्ती अर्थात सिधा लीला राम्जाली लाई संम्पर्क  गर्नसक्नुहुनेछ।  


यल. बि. बिष्ट  010-6830-6852
शालिकराम खत्री 010-4388-4420
लक्षमण दाहाल 010-9668-2005
लीला राम्जाली 010-5787-5691


बैंक मा पठाउन को लागि
बैंक नाम - KDB (산업 은행)
खाता वालाको नाम- Magar Lila 
खाता नम्बर- 020 4105 7568 810
अनलाइन पत्रिका बाट जस्ताको तस्तै

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP