आकस्मिक कक्ष निर्माण सामग्री बाहेक प्रति स्क्वायर फिट रु २३० को दरले निर्माण गरिने

March 7, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा निर्माण गर्न लागेको आकस्मिक कक्षको लागि बेनी बजारमा कोरिया बाट फर्केका म्याग्देलीहरुको भेलाले म्याग्दी समाज समिति दक्षिण कोरियाका भुपु अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा नौ सदस्सीय निर्माण समिति गठन गर्दै गरेका अन्य निर्णयहरु म्याग्दी समाज समिति दक्षिण कोरियालाई उपलब्ध गराएको छ । उपलब्ध गराईएको निर्णयानुसार,  आकस्मिक कक्ष निर्माण सामग्रीहरु खरिद गर्नको लागि तीन सदस्सीय जिम्मेवार समिति चयन गरिएको छ जस्मा  संयोजक टेक बहादुर पुन र सदस्य द्दय याम बहादुर केसी र चन्द्र प्रसाद सेरचन रहनु भएको छ । त्यस्तै मजदूर लागतको जिम्मा निर्माण समितिका सदस्य शुर्य प्रकाश बानियालाई रु २३० प्रति स्क्वायर फिटको दरले  दिईको छ ।  

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP