लोकप्रिय बन्दै छ चिनो म्याग्देली लोट्टेरी

March 20, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले सदरमुकाम बेनी बजार स्थित म्याग्दी अस्पताल परिसरमा  निर्माण गर्न लागेको आकस्मिक कक्ष सहयोगार्थ तयार गरिएको चिनो म्याग्देली लोट्टेरी कोरियाली भूमिमा रहेको नेपाली समाज माझ तयार गरिएको दुई हप्तामा चर्चित र  लोकप्रिय बन्दै गई रहेको छ । प्रति म्याग्देली १० वटा अनिवार्य गरिएको उक्त चिनो म्याग्देली लोट्टेरी कोरियामा कार्यरत करिव २५० जना म्याग्देलीहरु मध्य दुई हप्तामा  १०० जना भन्दा बढि लाई बितरण गरि सकिएको छ । समितिको निर्णयानुसार कोरियामा कार्यरत हरेक म्याग्देलीहरुको लागि  न्युनतम १० वटा टिकट अनिवार्य  गरिएको छ । बितरित टिकट नपुग भई थप टिकटको माग गरेका म्याग्देलीहरुको संख्यामा दिनानुदिन बृद्दि हुनुले चिनो म्याग्देली लोट्टेरी थप लोकप्रिय बन्न सक्ने सम्भावना बढेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP