करिव २० जना पर्वतेलीहरुले समेत आकष्मिक कक्ष निर्माणमा सहयोग गर्ने बचन बद्दता

March 17, 2012

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार देखि अति नजिक पर्वत जिल्लाको मल्लाज लगायतका गाऊंहरुबाट दक्षिण कोरिया आई कार्यरत करिव २० जना पर्वतेलीहरुले समेत  आकष्मिक कक्ष निर्माणमा सहयोग गर्ने बचन बद्दता गरेका छन । शनिबार सांझ ऊईजङबु शहर स्थित एक भेटघाटमा गरिएको  छलफल पश्चात आकष्मिक कक्ष निर्माणमा सहयोग गर्ने बचन बद्दता गर्दै   २०० वटा चिनो टिकटको बिक्री बितरण वा स्वयम आफै भुक्तान गर्ने गरि १५ जना पर्वतेली दाजुभाईहरुले जिम्मा लिएका छन । बेनी बजार देखि अति नजिक पर्वत मल्लाजका श्री सुनिल बरुवालको नेतृत्वमा उक्त छलफल गरिएको थियो । नव निर्मित आकष्मिक कक्षको शीला लेखमा सहभागि सबैको नामावलि उल्येख गरिने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP