झलक आचार्यको संयोजन र मुक्त केसीको नेतृत्वमा म्याग्दी समाजले हलेसी कपमा भाग लिने

April 23, 2012

आगामी हप्ता २९ तारिख खोटाङ समाज कोरियाले आयोजना गर्न लागेको हलेसी रनिङ कपमा म्याग्दी समाज खेलकूद समितिका सल्लाहकार झलक आचार्यको संयोजन र म्याग्दी समाज खेलकूद अध्यक्ष मुक्त केसीको नेतृत्वमा म्याग्दी समाज समिति दक्षिण कोरियाले सहभागिता जनाउने भएको छ । साथै उक्त दिन कोरिया आई पुगेका  नव प्रबेषी र पुराना गरि १९ जना खेलाडीहरु मध्यबाट नौ जना खेलाडीहरुलाई आयोजनामा सहभागि गराईने छ । हालसालै कोरिया भित्रिएका म्याग्देली भलिबल खेलाडीहरुमा -रामकृष्ण पुन,बिजय कार्की,पुष्कल पुन,ईश्वर पौड्याल,दुत बहादुर छन्त्याल र दिनेश थापा रहेका छन भने पुराना खेलाडीहरुमा-झलक आचार्य,मुक्त केसी,भबिन्द्र पुन,कमल पुन,योगेन्द्र छन्त्याल,याम हर्मेल,अमर छन्त्याल,उदय बुढा,भीम पुर्जा,चम गर्बुजा,राज कुमार पुन र राम पुन रहेका छन । नयां भित्रिएका खेलाडीहरुको खेल कौशल हेरि बेष्ट नाईनको छनोट गरिने छ ।  

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP