आकस्मिक कक्ष निर्माणको लागि आबश्यक सामाग्री खरिद गर्ने रकम यसै हप्ता पठाउने

April 22, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले सदरमुकाम बेनी बजारमा निर्माण गर्न लागेको म्याग्दी अस्पतालको आकस्मिक कक्षको लागि आबश्यक सामाग्री खरिद गर्ने रकम यसै हप्ता पठाउने निर्णय गरेको छ । आज बसेको नवौ कार्य समितिको तेश्रो बैठकले कूल लागतको ५०%  रकम यसै हप्ता अर्थात अप्रील महिनाको मसान्त सम्मा सदरमुकाम बेनी स्थित निर्माण समितिको जिम्मामा पठाउने निर्णय गरेको हो । मे महिनाको १ तारिख देखि आबश्यक सामाग्री खरिद गर्दै निर्माण कार्यको थालनी गरिने छ । सदरमुकाम बेनी स्थित निर्माण समितिका अध्यक्ष श्री टेक बहादुर पुन स‌ंग बैठक समयमै गरिएको फोन बार्तामा रकम आई पुग्दा साथ आबश्यक सामाग्री खरिद गरि काम सुरु गर्ने बताउनु भएको छ । उहांको अनुसार बैसाख र जेठ महिना भित्रमा अस्पतालको आकस्मिक कक्ष निर्माण सम्पन्न हुने छ । स्मरणिय रहोस् , भवन निर्माण र आबश्यक फर्निचर सहितको कूल खर्च करिव १४  देखि १५ लाख सम्ममा अस्पतालको आकस्मिक कक्ष तयार हुने छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP