२७ तारिख आईतबार म्याग्दी रनिङ कपको टाईशीट ब्यापार संघको कार्यक्रम स्थलमा तयार गरिने

May 25, 2012

आगामी जुन ३ तारिख आईतबार म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको म्याग्दी रनिङ कपको खेल टाईशीट  ब्यापार संघको कार्यक्रम स्थलमा तयार गरिने भएको छ । म्याग्दी रनिङ कप आयोजनाको एक हप्ता अगाडी अर्थात मे २७ तारिख आईतबारको दिन  म्याग्दी रनिङ कप भलिबल खेल प्रतियोगिताको  खेल टाईशिट  गोलाप्रथा मार्फत  तयार गरिने भएकोले  यसै सुचनालाई आधार मानि प्रतियोगितामा  सहभागि हुन चाहाने संघ संस्थाका प्रतिनिधिहरु ज्युहरुलाई नेपाल कोरिया ब्यापार संघले आयोजना गर्न लागेको एभरेष्ट सांस्कृतिक कार्यक्रमलाई सफल पारि दिनुहुन र तल उल्यखित समयमा सम्पन्न हुने गोलाप्रथा कार्यक्रममा समेत सहभागिता जनाई दिनु हुन  हार्दिक अनुरोध गरिन्छ ।

स्थान- सङबुक कुमिन वुमन्स हल ( नेपाल मगर संघले सांस्कृतिक कार्यक्रम गरेको हल )
समय-दिनको १:३० बजे ।
मिति- २०१२ मे २७ तारिख आईतबार ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP