म्याग्दी रनिङ कप २०१२ को लागि टाईशीट तयार

May 27, 2012

आगामी हप्ता अर्थात जुन ३ तारिख आईतबार म्याग्दी अस्पताल सहयोगार्थ सम्पन्न हुन गई रहेको प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०१२ को लागि टाईशीट तयार भएको छ । १६ टीमले सहभागिता जनाएको यस प्रतियोगितामा कोरियाली भूमिमा आयोजना हुने हरेक भलिबल प्रतियोगिताहरुको लागि यो नै सब भन्दा बढि टीमको सहभागिता हो । प्रतियोगिताको पहिलो खेल कास्की परिवार र गोरखा परिवार बिचको खेलबाट बिहान ठिक १० बजे शुरुवात गरिने छ । साथै सहभागि टीमहरुमा भएको बृद्दि संगै खेललाई निश्चित समयमा संचालन गरिने र पहिलो खेलमा सहभागि टीमहरु मध्यका कुनै एक टीम बिहान ठिक १० बजे खेल मैडानमा अनुपस्थित रहेमा खेल मैडानमा उपस्थित टीमलाई स्वत: बिजयी बनाईने छ । दोश्रो, तेश्रो लगायत क्रमश: सबै टीमहरु माईकिङ गरेको १० मिनेट सम्म पनि खेल मैडानमा अनुपस्थित रहेमा पहिलो टीम अनुसारकै नियम लागू हुने छ ।
म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको म्याग्दी भलिबल रनिङ कपलाई -मिनि म्याग्दी महोत्स्वब- को रुपमा बिकास गर्दै लैजाने सोंच अनुसार हाल सम्म भएका आयोजनाहरु भन्दा केहि भिन्न रङ दिने तयारीहरु समेत द्रुत गतिमा भई रहेको छ । कार्यक्रममा उपस्थित दर्शक माहानुभावहरुलाई थप मनोरन्जन दिलाउन नेपाली परम्परागत रिङ खेल, भाग्यको चक्का लगायतका मनोरन्जनपूर्ण खेलहरुको सम्पूर्ण तयारहरु पूरा भई सकेका छन । सेलरोटी सहितको खाजा ब्यबस्थामा समेत अझ नेपाली पन झल्काउन नेपालबाट ल्याईएको झिनिया रोटी लगायतका अन्य परिकारहरुले उपस्थित दर्शकहरुलाई कुनैपनि आबश्यकताको खांचो हुन नदिने बिश्वास गरिएको छ । स्मरणिय रहोस, म्याग्दी समाज समिति दक्षिण कोरियाको पहलमा सदरमुकाम बेनी बजार स्थित म्याग्दी अस्पतालको आकस्मिक कक्ष नेरु २० लाख रुपैयां को लागतमा निर्माण गर्नको लागि जग पूजा सम्पन्न गरि हाल द्रुत गतिमा निर्माण कार्य अगाडी बढि रहेको छ । पुर्णतया, म्याग्दी अस्पतालको आकस्मिक कक्ष निर्माणको लागि सहयोगार्थ रहने म्याग्दी रनिङ कप २०१२ लाई कोरियामा कृयाशिल संघ संस्थाहरु लगायत यहां कार्यरत रहनु भएका सम्पृर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP