२४ तारिख आईतबार बस्ने भनिएको कार्य समितिको बैठक स्थगित

June 23, 2012

म्याग्दी रनिङ कप २०१२ को आय ब्यय लगायत बिबिध छलफलको लागि बोलाईएको म्याग्दी समाज नवौ कार्य समितिको बैठक स्थगित गरिएको छ । गत दुई हप्ता अगाडी अपाटको १० तल्लाबाट खसेर निधन भएका पोखरा निवासी लक्ष्मी गुरुङको निधन भएकोमा  तमूधि,कास्की परिवार र नेपाल बौद्द परिवारले जारी गरेको सुचना अनुसार २४ तारिख आईतबार १२ बजे स्वर्गिय गुरुङको अन्तिम संस्कार गर्ने भएकोले समाजको तर्फबाट शवयात्रामा सहभागिता जनाउन नियमित बैठकलाई स्थगित गरिएको छ । तर म्याग्दी रनिङ कप २०१२ को हिसाब किताबलाई लम्ब्याउन नहुने देखिएकोले आगामी बैठकमा सम्पूर्ण बिबरण पेश गर्ने गरि २३ तारिख शनिबार सांझ कार्य समितिका एक तिहाई सदस्यहरुको उपस्थितिमा  म्याग्दी रनिङ कप २०१२ मा भएको खर्च बील संकलन र आय ब्ययको  खेस्रा तयार गरिएको छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP