म्याग्दी रनिङ कप २०१२ को आय ब्यय सार्बजनिक

June 23, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले सदरमुकाम बेनी बजार स्थित म्याग्दी अस्पतालमा निर्माण गर्न लागेको आकस्मिक कक्षको सहयोगार्थ आयोजना गरेको म्याग्दी रनिङ कप २०१२ मा भएको सम्पूर्ण आय ब्यय बिबरण सार्बजनिक गरेको छ । आयोजनामा करिव दुई करोड छ लाख ओन बराबरको कारोबार गरिएको र करिव  बाउन्न लाख ओन खर्च भई एक करोड  चौउन्न लाख ओन जति बचत गर्न सफल भएको छ ।  जस्मा समाबेश गरिएको म्याग्देली लोट्टेरी चिनोबाट २४४७ वटाको १,२२,३५००० ओन र बेनी बजार नजिक रहेको पर्बत जिल्लाको मल्लाजबाट कोरिया भित्रिएका मल्लाजीहरुबाट समेत चिनो लोट्टेरीमा ११५ वटाको ५७५,००० आम्दानी भएको छ । सेलरोटी बेचबिखन,भाग्यशाली चक्का,परम्परागत रिङ खेलबाट समेत संतोषजनक रुपमा आम्दानी भएको छ ।  ठूलो जोखिमको साथ शुरु गरिएको आकस्मिक कक्षको निर्माण कार्यलाई पूरा गर्न जतिसक्दो खर्च कम गर्ने उद्देश्य अनुरुप खर्चमा भने गत साल भन्दा करिव ८ लाख ओन  कम देखिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP