२३ तारिख शनिबार म्याग्देली लोट्टेरी चिनोको प्रथम पुरस्कार बितरण

June 24, 2012


म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी अस्पतालको आकस्मिक कक्ष निर्माण सहयोगलाई लक्षित गर्दै कोरियामा रहेका सम्पूर्न म्याग्देलीहरुलाई अनिवार्य गरेको म्याग्देली लोट्टेरी चिनोको प्रथम पुरस्कार बिजेता म्याग्दी बेनीका श्री टेक बहादुर बानियांलाई हिजो शनिबार सांझ बिशेष कार्यक्रम सहित बितरण गरिएको छ । प्रथम पुरस्कार स्वरुप ल्यापटप कम्प्युटर  म्याग्दी समाजका अध्यक्ष भरत तुलाचन, समाजका उपाध्यक्ष सुबाष श्रेष्ठ र सचिब बाबुराम शर्माबाट संयुक्त रुपमा प्रदान गरिएको थियो । दोश्रो पुरस्कार डिजिटल क्यामेरा को लागि परेको टिकट नम्बर भने नाम र रेकर्ड  बिहिन नम्बर पर्न गएकोले पुरस्कारको बारेमा के गर्ने भन्ने बारे छिट्टै सम्पन् हुन गई रहेको बृहत म्याग्देली भेलामा छलफल गरिने र तेश्रो एम पि थ्री र सान्त्वना पुरस्कार प्राप्त गर्नु हुने महानुभावहरुलाई पनि जति सक्दो छिटो सम्पर्क गरि  बितरण गरिने  थाहा भएको छ । साथै हिंजै प्रथम पुरस्कार बिजेता श्री टेक बहादुर बानियां ज्युबाट म्याग्दी अस्पताल सहयोगार्थ २१०,००० ओन समाजको नाममा प्रदान गर्नुभएको छ । उहांलाई म्याग्दी समाज समिति दक्षिण करिया हार्दिक धन्यबाद तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP