
म्याग्दी समाज भलिबल टीम अर्थात आफ्नो जिल्लालाई जिताउन ग्राउण्डको छेउमा रहेर जोशिला म्याग्देलीहरुले जति साथ दिएपनि निराश बाहेक केहि हात नलागेको धेरै भई सक्यो । २०११ को शुरुवात देखि नै लागेको लोडरले २०१२ को उत्तरार्धमा आई सक्दा समेत छोड्न सकेको छैन । आगामी जुलाई २९ तारिख आयोजना हुने भलिबल खेल स्थान माङवलसा हलले म्याग्देलीहरुलाई पुन: निराशा बनाउने त होईन ? जित र हार खेलको नियम हो, जितमा खुशी हुनु र हारमा निराश हुनलाई अस्वभाविक पनि मानिदैन । तर जति लोडर लागेपनि हाम्रा खेलाडीहरुको एकता, प्रयास र मिहेनतलाई सलाम ठोक्नै पर्छ ।
बांकी भित्र...
सायदै अब त्यसो नहोला, अब माङवलसा हललाई बाध्य बनाउनु पर्छ कि माङवलसा हल म्याग्देलीहरुको पनि खुशी बांढ्ने स्थान बनोस, म्याग्देलीहरुले समेत बिजयोत्स्वब मनाउन सक्ने थलो बनोस् । म्याग्देली हो ! आगामी जुलाई २९ तारिख नेपाल मगर संघले आयोजना गर्न लागेको लखन थापा स्मृति रनिङ कपमा बृहत सहभागिता जनाउंदै पुराना तथा नव प्रबेषी म्याग्देली खेलाडीहरुको मनोबल बढाऔं ।