छुसकको दोश्रो दिनको कार्यक्रममा म्याग्दी समाजको तर्फात सेलरोटी बेचबिखन गर्न सकिने

July 8, 2012

कोरियाली महान पर्व छुसकमा  सांस्कृतिक कार्यक्रम कस्ले गर्ने भन्ने टुंगो लगाउन  नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा आज सम्पन्न बांडफांड कार्यक्रमको नतिजा अनुसार बाग्लुङ सम्पर्क समितिले छुसकको दोश्रो दिन धवलागिरी सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने अनुमति प्राप्त गरेको छ । छुसकको दोश्रो दिन आयोजना हुने बाग्लुङ सम्पर्क समितिको धवलागिरी सांस्कृतिक कार्यक्रममा म्याग्देलीहरुबाट पूर्ण रुपमा सहयोग र केहि आर्थिक सहयोग समेत उपलब्ध गराउने गरि  म्याग्दी समाजको तर्फात खाजा ब्यबस्थाको लागि अध्यक्ष श्री पुर्ण काउचा ज्यु संग सर्वप्रथम प्रस्ताव राखिएको छ । बागलुङ सम्पर्क समितिको कार्य समितिको बैठकबाट पारित भएमा र हलको बाताबरण उपयुक्त ठहरिएमा  म्याग्दी समाज समितिले नै खाजा बेचबिखन गर्न सक्ने छ ।  

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP