बाढी पहिरो पिडित परिवारहरुको सहयोगार्थ ३ लाख ९१ हजार ओन सकलन

July 30, 2012

 म्याग्दी जिल्लाको दोवा र भुरुङ तातोपानी गाविसमा गत असार २९ गते आएको पहिरो र बाढी पिडित परिवारहरुको सहयोगार्थ म्याग्दी समाज समिति दक्षिण कोरियाले   आईतबार सम्पन्न लखन थापा स्मृति रनिङ कपमा उपस्थित सयौं दर्शकहरुबाट ३ लाख ९१ हजार ओन संकलन गर्न सफल भएको छ । नेपाल मगर संघ गणतन्त्र कोरियाको आयोजनामा सम्पन्न प्रतियोगितामा उपस्थित दर्शकहरु माझ म्याग्दी समाज समितिको तर्फबाट ६ जना म्याग्देली चेलीहरुले सहयोगको लागि अनुरोध गर्दै ३ वटा बक्स घुमाएका थिए । आईतबार संकलन गरिएको उक्त रकममा ईच्छुक म्याग्देलीहरुबाट थप रकम संकलन गरि बेनी अनलाईन मार्फत छिट्टै पिडित परिवारलाई पठाईने छ । साथै सहयोग गर्न ईच्छुक म्याग्देलीहरुले जति सक्दो चांडो यसै ब्लगमा रहेको म्याग्दी समाज समितिको खातामा रकम पठाई खबर गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP