१० महिनाको अस्पताल बसाई पश्चात पर्सी डिस्चार्ज हुंदैछिन, म्याग्देली चेली लिला रामजाली

August 18, 2012

गत साल अक्टुबर १७ तारिख सोमबारको दिन कोरियाको पुसान शहर स्थित एक प्लाष्टिक कम्पनीमा मेशिन दुर्घटनामा परि दुबै हात गुमाउन पुगेकी‍ निर्दोष म्याग्देली चेली लिला रामजाली ठीक १० महिनाको अस्पताल बसाई पश्चात पर्सी अगष्ट २० तारिख सोमबारको दिन डिस्चार्ज हुने भएकी छिन । डिस्चार्ज पछि २३ तारिख बिहिबारको दिन ईन्स्युरेन्स (सान्जे) अफिसमा आबश्यक कागजात सहित हाजिर हुनु पर्ने कम्पनी मालिकबाट थाहा भएको छ । सान्जेमा   आबश्यक कागजात पेश गरे पश्चात दुर्घटनाको थप छानबिन गरिने छ । सान्जेबाट पाईने क्षतिपूर्तिमा चित्त नबुझे बढिमा ३ महिना भित्र मुद्दा लड्न मिल्ने बताईन्छ । समरणिय रहोस,उक्त दुर्घतना पश्चात म्याग्दी समाज समिति दक्षिण कोरियाको सकृयतामा  करिब ८३ लाख ओन  र पूसान एन सि सीको सकृयतामा ३० लाख ओन संकलन गरि करिव नेरु १० लाख बराबरको जर्मनमा बनेको एकवटा नक्कली हात राखिएको छ । घटना सम्बन्धि थप बिबरण पढन चाहानु हुनछ भने भित्र जानुस....

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP