स्याङजा परिवारले भोली आईतबार आयोजना गर्न लागेको तेश्रो आंधिखोला रनिङ कपमा सहभागि हुन म्याग्दी समाज समिति दक्षिण कोरिया टीमका म्याग्देली खेलाडीहरु राजधानी सउल आई पुगेका छन । खेल टाईशीट अनुसार भोली दिनको करिव २ बजे म्याग्दी समाज आयोजनाको पांचौ खेलमा बाग्लुङ सित पहिलो खेल खेल्नु पर्ने छ । गत जुलाई २९ तारिख लखन थापा स्मृति कपको फाईनल खेलमा गुल्मी संग पराजित भएको पिडा पश्चात पुन: भोली बिजयीको लागि दाबेदार टीम बाग्लुङ संग शुरुमै भिड्ने छ । जे होस, भोलीको खेलमा बिगतका साना गल्तीहरुलाई सच्याउंदै माङओलसाको भलिबल खेल मैडानलाई आफ्नो कब्जामा पार्न म्याग्देली खेलाडीहरु प्रयासरत रहने छन भन्ने कामना ।