आधीखोला रनिङ कपमा पनि म्याग्देलिहरुको खुशी साट्ने ठाउ बन्न सकेन माङवल्सा हल

August 19, 2012


स्याङजा पारिवार दक्षिण कोरियाले आयोजना गरेको आधी खोला तेस्रो रनिङ कपमा म्याग्दी समाज समिति दक्षिण कोरियालाई दोश्रो स्थान प्राप्त भएकोछ । तनहु सित भएको फाईनल खेलमा १-२ मा  पराजित भएपछि दोश्रो स्थानमा चित्त बुझाउनु परेको हो । बिगत केहि २ बर्ष देखिको निराशालाई शक्तिमा रुपान्तरित गर्दै आधिखोला रनिङ कपको ऊपाधि चुमेर माङवल्सा हललाई  म्याग्देलि हरुको खुशी  साट्ने  थलो बनाउने म्याग्देलि खेलाडिहरुको सपना यसपालि पनि अधुरै रह्यो। तनहु सँगको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सानो कमजोरिका कारण दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो। खेलमा हार जित हुन्छ नै बिगतका भुलहरु ‍गल्ति कमजोरि हरु सुधार गर्दै आगामि सेप्टेम्बर ९ तारिखमा हुन गैरहेको रेसुङगा कपमा सहभागिता जनाई म्याग्देलिहरुलाई खुशी बनाउने खेलाडिहरुको बचनलाई म्याग्दी समाज सामिति भरपुर साथ दिनेछ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP