म्याग्देली खेलाडी गंगाराज बांनिया आंधिखोला रनिङ कपमा उत्कृष्ट खेलाडी घोषित

August 20, 2012

 म्याग्दी जिल्ला घतान गाबिसबाट गत २ महिना अगाडी ईपिएस भिषा मार्फत कोरिया आई कार्यरत म्याग्दी समाज समिति दक्षिण कोरिया टीमका भलिबल खेलाडी गंगा राज बानियांले  स्याङजा परिवार दक्षिण कोरियाले आयोजना गरेको आंधिखोला रनिङ कपमा उत्कृष्ट खेलाडी पुरस्कार प्राप्त गरेका छन । हिजो १९ तारिख आईतबार सम्पन्न प्रतियोगितामा अनुशासित भई उत्कृष्ट खेल प्रदर्शन गरे  बापत उनलाई उक्त पुरस्कार प्राप्त भएको हो ।
 प्रतियोगिताको पुरस्कार बितरण समारोहमा स्याङजा परिवारका अध्यक्ष मिलन राना र नेपाल आदिवासी जनजाति महासंघ कोरियाका उपाध्यक्ष मुकुन्द राईले संयुक्त रुपमा म्याग्देली भलिबल खेलाडी गंगा राज बानियांलाई  उत्कृष्ट खेलाडी पुरस्कार स्वरुप कप, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP