यसपालीको तीजमा म्याग्दी समाजले म्याग्देली चेलीबेटीहरुलाई दर ख्वाउने

August 22, 2012

आगामी सेप्टेम्बर १५  तारिख शनिवार साँझ अर्थात यसपालिको हरितालिका तीज पर्वमा म्याग्दी समाज समिति दक्षिण कोरियाले कोरियामा कार्यरत संपूर्ण म्याग्देली चेलीबेटीहरुलाई बिशेस कार्यक्रमका साथ दर ख्वाउने भएको छ । म्याग्दी समाज समिति द कोरियाको गत आईतबार माङवलसामा  बसेको म्याग्दी समाज समिति दक्षिण कोरियाको बिशेस बैठकले उक्त निर्णय गरेको हो ।  साथै उक्त दिन कोरियामा रहेका सम्पूर्ण म्याग्देली भलिबल खेलाडीहरुलाई सम्मान गरिने भएको छ । सउल तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्ट  मा हुने उक्त कार्यक्रममा कोरियामा कार्यरत सम्पूर्ण म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै सुचनालाई आधार मानि उपस्थित हुन हार्दिक अनुरोध गरिएको छ ।

तीज पर्व २००९
तीज पर्व २००९



  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP