आकस्मिक कक्षको निर्माण कार्यको ७५ दिन पछिको फोटो बिबरण

August 8, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले सदरमुकाम बेनी बजार स्थित म्याग्दी अस्पताल परिसरमा निर्माण गर्न लागेको आकस्मिक कक्ष निर्माण कार्यको   साढे दुई महिनामा भएका प्रगति बिबरणको तस्बिरहरु प्राप्त भएका छन । हाल छट ढलान गर्ने काम भई रहेको छ ।  हिजो  बुधबार निर्माण समितिका अध्यक्ष श्री टेक बहादुर पुनसंग फोनमा भएको कुराकानी  अनुसार, कक्षको अगाडी भागको लागि आबश्यक  ईटा र झ्याल ढोकाको सिसाहरु अर्डर गरिएकोले केहि दिन भित्रै आई पुग्ने छ । उहांले बारम्बारको बन्दले काममा कठिनाई परिरहेको समेत बताउनु भयो । निर्माणाधिन आकस्मिक कक्षको हाल सम्म भएका प्रगतिका   तस्बिरहरु बेनी बजारबाट निर्माण समितिका सचिव मोहन बरुवालले ईमेल मार्फत पठाउनु भएको  थप तस्बिरहरु हेर्न भित्र जानुस............

 




  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP