म्याग्दी समाज समिति द्वारा हेल्प नेपाल नेटवर्कलाई २ लाख १ हजार ओन सहयोग

August 6, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले नेपालको सब भन्दा ठूलो परोपकारी संस्था  हेल्प नेपाल नेटवर्कलाई २ लाख १ हजार ओन सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ कोरिया शाखा र हेल्लो नेपाल कोरिया डट कमको संयुक्त आयोजनामा सम्पन्न   हेल्प नेपाल नेटवर्क संजालका संस्थापक तथा बिबिसी नेपाली सेवा प्रमुख रबिन्द्र मिश्र संगको अन्तरक्रिया कार्यक्रम मार्फत म्याग्दी समाज समिति दक्षिण कोरियाले नेपालको सब भन्दा ठूलो परोपकारी संस्था  हेल्प नेपाल नेटवर्कलाई २ लाख १ हजार ओन सहयोग गरेको हो ।  त्यस बाहेक कार्यक्रममा उपस्थित म्याग्देलीहरुबाट समेत ब्यक्तिगत रुपमा धेरथोर रकम सहयोग भएको छ ।
त्यस्तै, हिजो आईतबारको दिन लभ ईन नेपालको आयोजनामा सम्पन्न प्रतियोगितात्मक नृत्य पर्तियोगितामा कार्यक्रमको सफलताको कामना गर्दै म्याग्दी समाज समिति दक्षिण कोरियाको तर्फात ५५,००० ओन सहयोग भएको छ । समरणिय रहोस लभ ईन नेपालले गत म्याग्दी रनिङ कप प्रतियोगितामा ५१,००० ओन सहयोग गरेको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP