परोपकारी काम गरे बापत म्याग्दी समाज समिति दक्षिण कोरिया सम्मानित

August 5, 2012

दक्षिण कोरियामा प्रतिष्ठित अनलाईन साईट हेल्लो नेपाल कोरिया डट कमको निमन्त्रणामा दक्षिण कोरिया आई पुग्नु भएका हेल्प नेपाल नेटवर्कका संस्थापक तथा बिबिसी नेपाली सेवाका प्रमुख श्री रबिन्द्र मिश्र ज्यु संगको अन्तरक्रिया कार्यक्रममा म्याग्दी समाज समिति दक्षिण कोरियालाई परोपकारी कार्यको लागि अग्रस्थानमा राख्दै सम्मान पत्र प्रदान गरिएको छ । हिजो आईतबार राजधानी सउलको दोङदेमुन स्थित कुमिन हलमा आयोजित कार्यक्रममा परोपकारी संजाल हेल्प नेपाल नेटवर्कका संस्थापक तथा बिबिसी नेपाली सेवाका प्रमुख श्री रबिन्द्र मिश्रज्यु,  थप बिबरण.....
हेल्लो नेपाल कोरिया डट कमका प्रधान सम्पादक रघु त्रिपाठी र नेपाली दूतावासमा द्रितिय (सचिव) प्रथमा उप्रेतीले संयुक्त रुपमा म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष भरत तुलाचनलाई सम्मान गरिएको हो  ।  स्मरणिय रहोस, म्याग्दी समाज समिति दक्षिण कोरियाले कोरियामा रहेका म्याग्देलीहरुबाट चन्दा संकलन गरि नेरु पन्ध्र लाखको लागतमा सदरमुकाम बेनी बजार स्थित म्याग्दी अस्पताल आकस्मिक कक्ष निर्माण गरिरहेको छ । सम्मान ग्रहण पश्चात म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष भरत तुलाचनले पत्रकारहरुलाई  संक्षिप्त प्रतिकृया दिंदै  म्याग्दी समाज समिति दक्षिण कोरियाले प्राप्त गरेको यो सम्मान कोरियामा  रहेका करिव दुई सय जना मनकारी  म्याग्देलीहरुले पाएको बताउंनु भयो । उहांले आगामी दिनहरुमा  म्याग्देलीहरुलाई परोपकारी कार्यमा सहभागि हुन थप प्रेरित गर्दै जाने समेत बताउनु भयो । 


त्यस्तै, सोही कार्यक्रम मार्फत नेपाल आदिबासी जनजाति महाँसंघका कार्यबाहक अध्यक्ष भक्त शेरचन,बाग्लुङ संम्पर्क समितीका अध्यक्ष  पुर्ण काउचा, स्याँजा परिवारका अध्यक्ष मिलन राना,तमु धिका अध्यक्ष रामकाजी गुरूङ ,नेपाल बौद्द परिवारका अध्यक्ष  ईश्वर गुरूङ , योङ स्टार ग्रुपका अध्यक्ष यम श्रेण्ठ,,नेवा पुच: का संयोजक  नबिन बज्रचार्य, ओमन फर ओमनका अध्यक्ष कोपीला राई, सोन्सीककी अध्यक्ष  आस्था बिन्दु मल्ल, गोर्खा परिवारका चेत बहादुर बस्नेत लगायत थप केहि संस्थाका प्रमुखहरुलाई समेत सन २०११ र १२ मा बिदेशमा रहेर पनि स्वदेशको हितको लागि परोपकारी काम गरे बापत सम्मान गरिएको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP