म्याग्दी रातो र सेतो टीम क्रमश: चौठो र छैठौ खेल खोटाङ र कास्की सित खेल्ने

August 26, 2012

आगामी सेप्टेम्बर ९ तारिख आईतबारको दिन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको रेसुङगा भलिबल रनिङ कपमा म्याग्दी समाज समितिको तर्फात दर्ता गराईएको म्याग्दी रातो र सेतो टीम आयोजनाको क्रमश: चौठो र छैठौ खेल खोटाङ र कास्की परिवार सित खेल्ने भएको छ । आज राजधानी सउलको तोङदेमुन स्थित नमस्ते ईन सउलमा गुल्मी सम्पर्क समितिले आयोजना गरेको गोलापोला कार्यक्रमको टाईशीट नतिजा अनुसार चौठो र छैठौ खेल खोटाङ र कास्की परिवार सित खेल्ने भएको हो । १७ टीमले सहभागिता जनाएको यस आयोजनामा म्याग्दी रातो र सेतो दुबै टीम बी पोलमा परेको छ । आयोजनाको पहिलो राउण्डका सम्पूर्ण खेल १५ अंकमा समाप्त गर्ने निर्णय भएकोले करिव दिनको १२ बजे आयोजनाको चौठो खेल खोटाङ सेवा समाज संग खे्ल्ने छ भने म्याग्दी सेतो छैठौ खेल कास्की परिवार संग खेल्ने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP