३ दिने बृहत निशुल्क स्वास्थ्य शिबिरमा उपस्थित भैदिनु हुन म्याग्दी समाज समिति दक्षीण कोरियाको हार्दिक अनुरोध

September 24, 2012

म्याग्दी समाज समिती दक्षीण कोरियाका सल्लाहकार बिनोद कुवँरको बिशेष पहलमा म्याग्दीको ग्रामिण क्षेत्रका दलित उत्पिडित बिपन्न परिवारलाई लक्षीत गरेर आउँदो असोज १७,१८ र १९ गते जिल्ला सदरमुकाम बेनि बजारमा तिन दिने बृहत नसा सम्बन्धी निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । नमस्ते कोरियाको आयोजनामा र म्याग्दी कोरिया सम्पर्क समिति म्याग्दी , म्याग्दी उद्योग वाणिज्य संघको ब्यबस्थापनमा ३ दिने बृहत निशुल्क स्वास्थ्य शिबिर संचालन हुन लागेको हो । सो शिबिरका लागि आबश्यक पर्ने आर्थिक र प्राबिधिक सहयोग सम्पुर्ण नमस्ते कोरियाले नै ब्यबस्था गर्ने भएको छ । शिबिरमा बिशेषगरि नसा सम्बन्धी समस्या गर्दन दुख्ने ,ढाड दुख्ने ,पाठेघरको समस्या खाना अपच हुने कानको समस्या टाउको दुख्ने रिङगटा लाग्ने आदि रोगका समस्या भएका बिरामिहरुलाई ३ दिनसम्म कोरियाबाट आउने ४ जना बिशेषज्ञ डाक्टरहरु लगायत १७ जना स्वयमसेवकहरुकोको टोलिले निःशुल्क स्वास्थ्य परिक्षण, औषधी तथा आवशयक पर्ने बिरामि हरूलाई आवश्यक उपकरण समेत निःशुल्क बितरण गर्ने कर्यक्रम रहेको एन.आर.एन. कोरियाका भुतपुर्ब अध्यक्ष ताथा म्याग्दी समाज समिति
दक्षिण कोरियाका सल्लाहकार बिनोद कुवँरले जानकारि दिनु भयो सो शिबिर सञ्चालन गर्नको लागी नमस्ते कोरियाले गर्ने सम्पुर्ण तयारि पुरा भईसकेको र बाँकि तयारि म्याग्दी कोरिया सम्पर्क समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघ लाई जिम्मा लगाईएको बताउदै उहाले उक्त शिबिर बिशेषगरि ग्रामिण क्षेत्रका बिपन्न वर्गलाई लक्षित रहेको बताउनुभयो ।
नेपाललाईनै सहयोग गर्ने उद्देश्यका साथ स्थापित परोपकारि संस्था नमस्ते कोरिया पहिलो पटक नेपालको दुर्गम जिल्ला म्याग्दी स्वास्थ्य शिबिर मार्फत जान लागेको हो । नेपालका दुर्गम गाँऊहरुमा कहिले स्वास्थ्य त कहिले शिक्षा साथै बिकासका पुर्वाधार हरु नभएको ठाऊमा गएर सेवा गर्नु नै यस संस्थाको मुख्य उद्देश्य रहेको छ। कोरियामानै नेपालिहरुको समस्यामा सहयोगिको भुमिका निर्बाह गर्दै आएकोमा यस पटक नेपालकै बिकट अनि दुर्गम जिल्ला म्याग्दीका जनाता हरुलाई सेवा पुर्याउनका लागि बृहत स्वास्थ्य शिविर गर्न लागिएको सो संस्थाले जनाएको छ। यो शिबिरबाट सम्पुर्ण नेपालिहरुले बढि से बढी फाईदा लिन सकेको खण्डमा आगामि दिन हरुमा संस्थाकै पहलमा नेपालको दुर्गम गाऊँहरूमा अस्पताल निर्माण समेत हुने छ । शिबिरमा नसा सम्बन्धी समस्या भएका सम्पुर्ण बिरामीहरुलाई सेवा प्रदान गरिने भएकोले  मिति २०६९ असोज १७,१८ र १९ गते सम्पुर्ण नेपालि दाजु भाई तथा दिदी बहिनिहरु  बिशेष गरि  म्याग्देलीहरूलाई उपस्थित भैदिनु हुन म्याग्दी समाज समिति हार्दिक अनुरोध गर्दछ। 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP