हजारौ बिरामीहरुलाई निशुल्क सेवा प्रदान गर्दै समापन भयो तीनदिने स्वास्थ्य शिबीर

October 7, 2012

नमस्ते कोरियाको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघको आयोजना र म्याग्दी जिल्ला अस्पताल, म्याग्दी–कोरिया सम्पर्क समिति, लायन्स कल्व बेनी, लायन्स क्लव अफ दोभानको सह आयोजनामा संचालित तीन दिने स्वास्थ्य शिवीर हजारौ बिरामीहरुलाई निशुल्क सेवा प्रदान गर्दै समापन भएको छ । दक्षिण कोरियाबाट गएका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको टोलीले नशा, हाडजोर्नी, ढाड तथा अक्रुपञ्चर सम्बन्धि सेवा दिएका थिए । शिबीरको पहिलो दिन ५ सय ५० जनाले नाम दर्ता गराउंदै २ सय जनाको उपचार गरिएकोमा दोश्रो दिनमा सात सय जना र शिवीरको अन्तिम दिन सम्मा ९ सय ८६ जनाको स्वास्थ्य परिक्षण गरि स्वास्थ्य उपचार र  आवश्यक औषधी पनि निशूल्क उपलब्ध गराइएको म्याग्दी कोरिया सम्पर्क समितिका सचिव मोहन बरुवालले म्याग्दी समाज कोरिया ब्लगलाई जानकारी दिनुभयो ।  म्याग्दी समाज समिति दक्षिण कोरियाको सहयोगमा बेनी बजार स्थित म्याग्दी अस्पतालको निर्माणाधिन आकस्मिक कक्षमै राखिएको उक्त शिवीर म्याग्दी समाजका सल्लाहकार बिनोद कुंवरको सकृयतामा १७ सदस्सीय स्वास्थ्यकर्मीहरुको टोली गत हप्ता कोरियाबाट सदरमुकाम बेनी तर्फ लागेको थियो । बेनीबाट म्याग्दी कोरिया सम्पर्क समितिका सचिव मोहन बरुवालले पठाउनु भएको शिवीर सम्बन्धि फोटोहरु हेर्न भित्र जानुस्.....

















  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP