भोलि शनिबार सांझ म्याग्देली प्रतिनिधिहरुको सम्मानमा स्वागत तथा रात्रीभोज कार्यक्रमको आयोजना गर्ने

November 2, 2012

नेपाली दुतावास दक्षिण कोरियाले नोभेम्बर ४ देखि ६ तारिख सम्म दक्षिण कोरियाको राजधानी सउलमा  आयोजना गर्न लागेको  “Empowering nepal 2012 ” विषयक तीन दिने अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन कोरिया आउनु भएका म्याग्दी उधोग बानिज्य संघका प्रतिनिधिहरुको सम्मानमा म्याग्दी समाज समिति दक्षिण कोरियाले भोलि शनिबार सांझ स्वागत तथा रात्रीभोजको आयोजना गरेको छ । राजधानी सउलको चोङगाग स्थित दुर्गा रेष्टुरेण्ट २ मा आयोजना गर्न लागेको कार्यक्रममा सहभागि भई दिनु हुन कोरियामा रहेका सम्पूर्ण म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुमा म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ ।
स्थान-चोङगाग स्थित दुर्गा रेष्टुरेण्ट २ जोङगाग स्टेशन गेट न. ४
मिति र समय - भोलि शनिबार सांझ ८:३० बजे ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP