कार्यकर्मका बिशेष अतिथिहरुमा म्याग्दी उधोग बानिज्य संघका काका सदस्यहरु क्रमश: राजेश शाक्य,ठाकूर शर्मा र बाबुराम आचार्य तथा म्याग्दी समाज समिति दक्षिण कोरियाका सल्लाहकार तथा एन आर एन पुर्व अध्यक्ष बिनोद कुंवर रहुनु भएको थियो । शनिबार सांझ ९ बजे देखि शुरु गरिएको स्वागत समारोहको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि म्याग्दी उधोग बानिज्य संघका अध्यक्ष कुबिर कुमार श्रेष्ठले कृषि ,पर्यतन र जल बिधुत क्षेत्रमा म्याग्दी उधोग बानिज्य संघको भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो । उहांले म्याग्दी जिल्लालाई टिमुर उत्पादनको पहिलो जिल्लामा उभ्याउन सफल भएको बताउंदै म्याग्दीमा उत्पादन हुने तिमुर कोरियामा समेत पैठारी गर्न सकिने सम्भावना रहेको बताउनु भयो । म्याग्दी समाज समिति दक्षिण कोरियाका
सचिव बाबुराम शर्माको संचालन रहेको स्वागत कार्यक्रमको दोश्रो चरणमा रात्रीभोजको आयोजना गरिएको थियो ।