चार महिना पश्चात एक जना म्याग्देली युवाको दयनिय अबस्थामा उद्दार

November 18, 2012

भरत तुलाचन,सउल कोरिया
गत जुलाई महिनामा ईपिएस भिषा मार्फत कोरिया आई पुगेका  २३ बर्षिय म्याग्देली युवाको ५ महिना सम्मको निरन्तर प्रयास पश्चात आज आईतबार उद्दार गरि राजधानी सउल ल्याईएको छ । एग्रीकल्चर भीषाको लेवर कन्ट्याक्टबाट गत जुलाई महिनामा मिनारी(कोरियाको प्रशिद्द शब्जी) फार्ममा उनी सहित झापाका एक जना साथी आई पुगेका थिए । कामको प्रकृति र बस्ने बास देखि आजित भई झापाका साथी फार्ममा आएको भोलि पल्टै काम नगर्ने भन्दै नेपाल फर्केको उनी बताउंछन । तर उनी भने कम्पनी परिवर्तन गर्न पाउने आशामा सकि नसकी काम गर्दै आए । तर कामको बोझ, मालिकको दुर्ब्यबहार, अब्यबस्थित वासस्थान र नेपाली साथी भाई बिहिन अबस्थामा गत नोभेम्बर ४ तारिख देखि कोठामा थलो परेर कामै गर्न नसक्ने अबस्थामा रहे ।
कसरी भयो उद्दार ?
नेपालबाट कोरिया आएको केहि समय पश्चात नेपालको उनको घर परिवारबाट कोरियाली कम्पनी मालिकको मोबाईल नम्बर प्राप्त भएको थियो । हामीले मालिक संग फोन सम्पर्क गरि कम्पनीको अबस्था बुझ्न खोज्दा मालिक हाम्रो सम्पर्कमा आउन र Read More....
कम्पनीको ठांउ बताउन ईन्कार गर्यो । अझ ठाडो भाषामा यसले काम गर्न नचाहे सिधै नेपाल पठाई दिने बतायो । करिव ४ महिना सम्म दैनिक बिहान ६ बजे देखि सांझ ६ बजे सम्म मिनारी काट्ने (पानीको तलाउमा शब्जी काट्ने,जुन काम कोरियामा गरिने बिबिध कामहरु मध्य धेरै पारिश्रमिक पाईने र निक्कै हार्ड कामको रुपमा लिईन्छ) काममा रगेट्न थाल्यो । तर बिना ओभरटाईम ईपिएसको तलब स्केलमा उनी ४ महिनामै थला परे । हाम्रो गाउंघरमा जाडो सिजनमा औलो र गर्मी सिजनमा लेक बसाई सराई गरे जस्तै बसाई सराई गर्ने कम्पनी मालिक लगायत सम्पूर्ण कामदारहरु जाडो सिजन भरको लागि ओछ्यानमा थला परेका उनलाई एक्लै छोडी पूसान सरेको मालिकलाई फोन सम्पर्क गरि सउल ल्याउने सहमति भए अनुसार आज ख्योङगिडो नामायाङजु स्थित एक मिनारी फार्मबाट दिउंसो १ बजे उद्दार गरि सउल ल्याईएको हो । हाल उनी ढाडको रोगले ग्रसित भै हिंडडुल गर्न नसक्ने अबस्थामा रहेका छन ।





  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP