म्याग्दी उधोग बाणिज्य संघको तर्फबाट हार्दिक आभार सहित धन्यबाद ब्यक्त

November 30, 2012

नेपाली दुतावास दक्षिण कोरियाले नोभेम्बर ४ देखि ६ तारिख सम्म दक्षिण कोरियाको राजधानी सउलमा आयोजना गरेको “Empowering nepal 2012 ” विषयक तीन दिने अन्तर्राष्ट्रिय सेमिनारमा सफलताका साथ सहभागिता जनाउन सफल म्याग्दी उधोग बाणिज्य संघले  संघको तर्फबाट म्याग्दी समाज समित दक्षिण कोरियालाई हार्दिक आभार सहित धन्यबाद ब्यक्त गरिएको पत्र प्राप्त भएको छ । म्याग्दी उधोग बाणिज्य संघका  अध्यक्ष श्री कुबिर कुमार श्रेष्ठ द्दवारा हस्तारित पत्रमा भनिएको छ-हाम्रो कोरिया भ्रमणमा म्याग्दी समाज समिति दक्षिण कोरिया र दक्षिण कोरियामा रहनु भएका म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुको तर्फबाट भ्रमण कार्यलाई पूर्ण बनाउन सक्रिय सहयोग पुर्याउनु भएकोमा हार्दिक धन्यबाद ब्यक्त गर्दछु । समरणिय रहोस,   गत  ४ देखि ६ तारिख सम्म दक्षिण कोरियाको राजधानी सउलमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय सेमिनारमा म्याग्दी उधोग बाणिज्य संघका अध्यक्ष श्री कुबिर कुमार श्रेष्ठ सहित कार्य समितिका अन्य तीन जना सदस्यहरुको सहभागिता रहेको थियो ।


 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP