ईपिएस भीषामा कोरिया आएको पांच महिनामै क्षय रोगको कारण उपचारार्थ अस्पतालमा रहेका म्याग्दी छिस्बाङका बिरामी भाई केशब घर्ती मगरको उपचार सहयोगार्थ चन्दा संकलन कार्य शुरु गरिएको छ । हड्डी र फोक्सो लगायत शरीरका बिभिन्न भागमा देखिएको बिकराल सम्स्याले जीबन मरणको दोसांधमा रहेका उनको लागि उपचार गर्न र हाल सम्म भएको खर्च जोहो गर्न म्याग्दी समाज समिति दक्षिण कोरियाले गत हप्ता आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो । उपचारको लागि आबश्यक रकम परिपूर्तिको लागि म्याग्दी समाज र नेपाल मगर संघको सकृयता रहने छ । बिरामी हाल राजधानी सउलको दोङदेमुन शहर स्थित सउल छुङआङ कुकरीम उईरोवन अस्पतालमा जोखिम पूर्ण अबस्थामा उपचारत छन । उपचारको लागि गत हप्ता सम्म करिव ३० लाख वन खर्च भऐसकेको छ ।


