आज पहिलो दिनको कार्यक्रममा करिव ४ लाख वन संकलन

February 9, 2013

बिरामी भाई केशब घर्ती मगरको उपचार सहयोगार्थ चन्दा संकलन कार्य शुरुवातको पहिलो दिन आज  कार्यक्रममा उपस्थित प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुबाट करिव ४ लाख वन संकलन गरिएको छ । आज सम्पन्न एन आर एन कोरियाको कार्यक्रममा २ जना बिरामीको लागि तीन वटा संस्थाहरुबाट  संयुक्त रुपमा चन्दा संकलन गरिएको थियो । बिरामी केशव घर्ती मगरको लागि म्याग्दी समाज र नेपाल मगर संघ तथा अर्का बिरामीको लागि किरात याक्थुङ चुम्लुङको सकृयता रहेको थियो । भोलि नेपाल आदिवासी जनजाति महासंघको कार्यक्रममा समेत ४ वटा संस्थाहरुले संयुक्त रुपमा चन्दा संकलन गर्ने छन ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP