नयां बर्ष २००९ को सुखद उपलक्ष्यमा म्याग्दी समाज समिति दक्षिण कोरियाले भेटघाट कार्यक्रमको आयोजना गर्ने

December 23, 2008


डिसेम्बर २४ सउल ,कोरिया ।
म्याग्दी समाज समिति दक्षिण कोरियाले नयां बर्ष २००९ को सुखद उपलक्ष्यमा भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । डिसेम्बर ३१ तारिख सांझ राजधानी सउलको चोङगाक शहर स्थित दुर्गा रेष्टुरेण्टमा हुने उक्त भेटघाट कार्यक्रमको प्रथम चरणमा म्याग्दी समाज समिति दक्षिण कोरियाको भावी कार्यक्रम सम्बन्धि सामूहिक छलफल समेत गरिने समाजका अध्यक्ष नर बहादुर पुनले जानाकारी दिनु भएको छ । उक्त भेटघाट कार्यक्रममा कोरियामा कार्यरत म्याग्देलीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।

थकाली सेवा समिति दक्षिण कोरिया द्दारा कोशी बाढी पिडितलाई आर्थिक सहयोग ।

भरत तुलाचन, सउल कोरिया ।

२१ आईतबार ।
थकाली सेवा समिति दक्षिण कोरियाले कोशी बाढी पिडितहरुको सहयोगार्थ ५००,००० (पांच लाख वन) हस्तान्तरण गरेको छ ।डिसेम्बर २१ तारिख आईतबारको दिन नेपाल कोरिया सांस्कृतिक मन्चको आयोजनामा सम्पन्न सांस्कृतिक कार्यक्रममाप्रमुख अतिथि रहनु भएका महामहिम राजदूत कमल प्रसाद कोईराला ज्युलाई थसेस कोरियाका अध्यक्ष भक्त सेरचनले उक्त रकम हस्तान्तरण गर्नु भएको हो । More..

बेनी दरबाङ सडक योजना आशा निराशा दुबै

December 21, 2008

२ बर्ष अघि मोटरबाटो पुग्दा त्यस क्षेत्रका बासिन्दा निकै हर्षित बनेका थिए ।सडक निर्माण सम्पन्न भएको २ बर्ष सम्म पनि समस्या जस्ताको तस्तै छ । गाडि चढेर यात्रा यस क्षेत्रका बासिन्दाले यात्रा त गरेका छन् । यात्रागर्दा यात्रुहरु सुविधा भन्दा बढी सास्ती खेपी रहेका छन् । यात्रु मात्रनभएर लाखौको लगानी गरेका यातायात व्यावसायी पनि आजित बनेका छन् । सडककोअवस्थाले गर्दा व्यवसायीहरु लगानी जोखिममा परेको गुनासो गर्छन् । more...

थप सजकता अपनाऔं प्रवासी हो ! झुक्याउला डुब्लीकेट मानव शिकारीहरुको जत्थाले !

December 15, 2008

हुन त ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनिन्छ । ओरालो लागेको मृगकै टाल भएको छ कोरियामा काम गर्ने हामी बिदेशीहरुको लागि । More..

के नेपालमा राजतन्त्रको पुन: स्थापना संम्भब होला ?

December 10, 2008

घटना र विचार साप्ताहिकमा पुर्वराजा ज्ञानेन्द्रको अन्र्तवार्ता छापिएपछि पुन लगभग बहसको विहिन बनिसकेको विषय पुन बहसको घेरामा आएको छ । त्यो हो के अझै गणतन्त्रान्त्रीक मुलुक घोषणा भइसकेको राष्ट्र नेपालमा राजतन्त्र फर्कन सक्छ ? पूरा अन्तर्वाता पढ्न यहां क्लिक गर्नुहोस

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP