गत हप्ता साईकल दुर्घटनाबाट कोरियाली अध्यागमणको फन्दामा परि स्वदेश फर्की सक्नु भएका समाजका भुपु सचिव,हालको सल्लाहकार तथा म्याग्दी भलिबल टीमका कुशल खेलाडी रामकृष्ण पुनकी धर्म पत्नी नमिता पुनको यसै हप्ता बिदाई कार्यक्रम गर्ने तयारी भईरहेको छ । नेपाल प्रस्थानको लागि उडान मिति तय भई नसकेता पनि हप्ता दश दिन भित्र नेपाल फर्कनको लागि तयारी गरि रहेको जानाकारी नमिता पुनले दिनु भएको छ । उहां म्याग्दी समाजका हरेक कृयाकलापहरुमा सकृय रुपमा सहभागि हुंदै आउनु भएको थियो । साथै म्याग्दी समाजका सकृय सदस्य कर्ण पुन आगामी २३ तारिखको दिन स्वदेश फर्कदै हुनुहुन्छ । उहां करिव १ महिनाको नेपाल बसाई पश्चात पुन: कोरिया आउनु हुने छ ।