म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्देली चेली नमिता पुनको बिदाई भब्यरुपमा गर्ने योजना बनाएको थियो । तर समयाभावको कारण हुन सकेन ,यो दुखद पक्ष हो । नमिता पुनले करिव एक दुई हप्ता कोरियामा बस्न सक्ने बताए पछि अस्ती २५ गते शनिबार सांझ वा आईतबार दिउंसोको लागि बिदाई कार्यक्रम गर्ने योजना थियो तर भैदियो अर्कै । अकस्मात २० तारिखको दिन २३ को लागि टीकट ओके भएको भनाई आएपछि अध्यक्ष नर बहादुर पुनको सकृयतामा २१ तारिख सांझ कार्यकारिणी सदस्यहरुको उपस्थितिमा साधारण बिदाई गर्ने योजना तय भएको थियो । दिनभर फोन मार्फत प्राय: सबैलाई जानाकारी दिईयो । सबै आ-आफ्नो ब्यस्तताको बाबजूद पनि भेला हुन तयार भए । एकाएक ब्यक्तीगत उपहारहरुको जोहो गर्न भ्याई नभ्याई भयो सबैलाई । तर कार्यक्रम समय भन्दा करिब १ घण्ट अगाडी नमिता पुनले ब्यस्तता देखाउंदै कार्यक्रम नगर्न अनुरोध गरेको जानाकारीमा आएपछि बिदाई कार्यक्रम रद्द गर्नु परेको थियो ।