कोरियाली भूमिमा एक जना म्याग्देली चेलीको बेदना र ब्यथा

October 23, 2009

देश बिकासकै कुरा गर्नु पर्दा छोटो समयमै एशियाली राष्ट्रहरुलाई उछिन्दै बिश्वमै बिकशित राष्ट्रहरुको लाईनमा दरिन सफल कोरियाली भूमिमा जुनसुकै माध्यमबाट आईपुगे पनि हामी नेपाली जो कोहिमा धेरथोर कमाएर सुन्दर भबिष्यको कोरा कल्पना बाहेकको अरु उदेश्य नै हुंदैन भन्दा हुन्छ, अपबादलाई छोडेर । खासमा भन्नु पर्दा यहां आईसके पछि कामै गरेर पैसा कमाउने नै हो भने आ-आफ्नो मिहेनत अनुसारको कमाई हुन्छ नै । काम गरे बापतको पारिश्रमिक नदिने कम्पनीहरु पनि यदाकदा नभएका होईनन् Read More...

किशन तिलिजा र कृष्ण पुनलाई आर्थिक सहयोग

October 12, 2009

म्याग्दी जिल्ला सिख गाबिसबाट गत साल कोरिया आई कार्यरत कृष्ण फगामी र म्याग्दीकै पाउदारबाट करिब ८ बर्ष अगाडी कोरिया आएका किशन तिलिजालाई म्याग्दी समाज समिति दक्षिण कोरियाले आर्थिक सहयोग उपलब्ध गराएको छ । More ...

म्याग्दी समाजका बरिष्ठ भलिबल खेलाडी धरपकडमा

म्याग्दी समाज समिति दक्षिण कोरियाका बरिष्ठ भलिबल खेलाडी भक्त तिलिजा खाराक सिजाङको मासु कम्पनीबाट धरपकडमा पर्नु भएको छ । उहां सहित समाजका भुपु सदस्य किशन तिलिजा समेत पर्नु भएको छ । किशन तिलिजा घुंडाको अप्रेशन पश्चात लामो समय सम्म कोठामै आराम गरि बस्नु भएको थियो । कोरियाली सरकारले धरपकडलाई कडाईका साथ लागु गरे पछि यस बर्ष मात्र भलिबल खेलाडी लगायतका थुप्रै म्याग्देलीहरु स्वदेश फिर्ता भई सकेका छन ।

खाराक सिजाङमा कार्यरत करिव १० नेपालीहरु धरपकडमा,म्याग्देली खेलाडीहरु समेत परेको अनुमान

October 7, 2009

राजधानी सउल स्थित खाराक सिजाङको प्रख्यात मासु कम्पनीमा कार्यरत करिव १० जना नेपाली आज सांझ ६ बजे तिर कोठाबाटै धरपकडमा परेको खबर छ । जस्मा मुन्जङ कल्बका अध्यक्ष लगायत टीम म्यानेजर राजु आले सहित केहि पदाधिकारीहरु धरपकडमा परेको खबर छ । धरपकडमा म्याग्देली कुशल खेलाडी भक्त तिलिजा सहित अन्य केहि संख्यामा परेको अनुमान छ । बिगत सात आठ बर्ष देखि कार्यरत कम्पनी मालिकले नै पोल हालेर कोठा कोठामा पक्रन पुगेको जानाकारीमा आएको छ । मजदूरले पाउनु पर्ने बिमा रकम सबै भुक्तान भैसकेको नक्कली कागजमा हस्ताक्षर गर्न नमानेकै कारण नेपाली दाजुभाईहरुले उक्त दुरदशा बेहोर्नु परेको कुरा म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवालले जानाकारी दिनु भएको छ । भाग्न सफल भनिएका २ जना म्याग्देलीलाई पनि अहिले भर्खर मोक्डोङ ईमिग्रेशन पुर्याएको खबर आएको छ ।

म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

October 5, 2009

गत अक्टुबर २ तारिख सांझ शुभ बिजया दशमी तथा दिपावली र कोरियाको महान् पर्व छुसकको अवसर पारेर म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्देली भेटघाट तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ । कोरियामा कार्यरत म्याग्देलीहरु बिच शुभकामना आदान प्रदान र उपस्थितिमा ईपिएस भिषा मार्फत कोरिया भित्रिएका नव आगन्तुक म्याग्देलीहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम समेत सम्पन्न गरिएको थियो । राजधानी सउलको छोङगाक स्थित दुर्गा रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रममा समाजका अध्यक्ष नर बहादुर पुनको सभापतित्व र एन आर एन कोरियाका नव नियुक्त अध्यक्ष तथा समाजका सल्लाहकार बिनोद कुंवरको प्रमुख आतिथ्य रहेको थियो । अन्य अतिथिहरुमा भुपु अध्यक्ष द्दय टेक बहादुर पुन र बिरु रोका ,सल्लाहकार तथा ब्यबसायी ओम नारायण जुग्जाली , खेलकूद अध्यक्ष राम खड्का रहनु भएको थियो । करिव २० जना नव प्रर्वेशीहरु सहित करिव ८० जना म्याग्देलीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा खेलकूद तथा सांस्कृतिक सचिव कर्ण पुनको स्वागत भाषण र सचिव भरत तुलाचनको संचालन रहेको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP