किशन पुनबाट धन्यबाद ज्ञापन

November 29, 2009

दक्षिण कोरियाली भूमिमा कार्यरत रहंदा सकृय म्याग्देलीको रुपमा चिर-परिचित जोशिला युवा किशन तिलिजा पुनले आफ्नो जन्म भूमि पुगेपछि कोरियामा रहेका आफ्ना सहयोगी मित्र,साथी भाई र म्याग्दी समाज समिति दक्षिण कोरियालाई धन्यबाद ज्ञापन सहितको शन्देश पठाउनु भएको छ । More.......

म्याग्दीमा स्वाईन फ्लु नभएको दावी

November 28, 2009

गत केहि दिन अगाडि म्याग्दीमा स्वाईन फ्लुको आशंका भन्ने खबरहरु लगातार प्रकाशन भई रहंदा धेरैलाई चिन्तित बनायो । त्यस्तै बेनी बजारकै एक बिधालयका एक जना बिधार्थीमा स्वाईन फ्लु पुष्टि भएको समाचार बेनी अनलाईन लगायतका अनलाईन समाचार साईटहरुमा लेखियो । त्यस्को कौतुहलता मेट्न हिजो बेनी बजारका केही बिधालयहरुमा फोन सम्पर्क गरि सोधिएकोमा एक निजी बिधालयका एक जनामा रहेको पुष्टि भएको भनिएता पनि उक्त समाचार गलत भएको दावी गरिएको छ ।

स्वागत तथा भेटघाट कार्यक्रमको भिडियो भाग ३ प्रकाशित

November 24, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाले बिजया दशमी तथा शुभ दिपावली २००९ को उपलक्ष्यमा आयोजना गरेको नव प्रवेशी म्याग्देलीहरुको स्वागत तथा भेटघाट कार्यक्रमको भिडियो भाग ३ प्रकाशनमा ल्याएको छ । भाग १ र २ प्रकाशनमा आई सकेता पनि बांकी भिडियो उपलब्ध नभएको कारण राख्न नसकी सहेको अबस्थामा ढिलो गरि प्राप्त भएको बांकी भिडियोलाई भाग ३ को रुपमा प्रकाशित गरिएको छ । जस्मा समाजको आय-ब्यय बिबरणको केही अंश समाबेश गरिएको छ । भिडियो भाग ३ हेर्नलाई यहां क्लिक गर्नुहोस।

हिजो सोमबार दुईजना म्याग्देली धरपकडमा

November 17, 2009

म्याग्दी जिल्लाबाट करिव ६ महिना अगाडी ईपिएस भिषामा कोरिया आई पुगेका हरी पुन र बिगत केहि बर्ष देखि कार्यरत रहंदै आएका मिन भण्डारी राजधानी सउलको माजाङ डोङबाट धरपकडमा पर्नु भएको खबर छ । More...

होशियार ! स्थानिय प्रहरीले समेत पक्रदै छ

November 11, 2009

म स्वयं कोरिया भित्रिएको १८ बर्ष पूरा भयो । यहां आएर डेट ओभर भई सकेका म जस्ता लाखौ जना बिदेशीहरुलाई खोजि खोजि भिषाको बन्दोबस्त मिलाई दियो यहांको सरकारले । More...

म्याग्दीमा समेत स्वाईन फ्लु भित्रिएको हुन सक्ने आशंका

November 10, 2009

कोरियामा सिन्जोङ फ्लु (स्वाईन फ्लु) को आतंकले उग्र रुप लिई रहेकै बेला आफ्नै जिल्ला म्याग्दीमा समेत गत केहि दिन देखि उक्त रोगको शंकाले आतंक मच्चाई रहेको खबर प्राप्त भएको छ । More...

कोरियामा धरपकडले सिमा नाघ्दै गर्दा तोङदेमुन शहरमा हिंजो आईतबारको स्थिति

November 2, 2009

btulachan,Seoul Korea
आज आईतबार बिहान काम विशेषले म मेरो कोठा देखि ट्याक्सीबाट १० मिनेटमा पुगिने तोङदेमुन शहरको डांडा गांऊ नाकसान भिल्लेजमा बस्ने साथीहरु लगायत आफन्तहरुले डिनरको लागि बोलाउनु भएको थियो । बिगतमा तोङदेमुनको तीन नम्बर गेट सम्म पांच मिनेट बसको यात्रा पछि करिव १५ मिनेटको ठाडो उकालो हिंदाई पछि सजिलै पु्ग्न सकिने नाकसान डांडा सम्म ट्याक्सीमा जाने निधो गर्दै करिव १ बजे गन्तब्य स्थल पुगें । More...

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP