सलनालमा बराही पुत्र प्रर्दशन कार्यक्रम रद्द

February 9, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले  कोरियाको दोश्रो महान पर्व सलनालमा पुन मगरहरुको संस्कृतिमा आधारित चलचित्र बराही पुत्रको प्रर्दशन कार्यक्रम रद्द गरेको छ । आज बिहान म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनले फोन सम्पर्क गरि पुर्ण रुपमा रद्द गरिएको जानाकारी दिनु भएको हो ।
बिबिध कारणवश रद्द गर्नु परेको भनिएको उक्त चलचित्र प्रर्दशन कार्यक्रमको बारेमा उहांले थप बताउन चाहानु भएन । स्मरणिय रहोस, म्याग्दी समाज समितिले उक्त   चलचित्र प्रर्दशन गर्ने कार्यक्रम बनाउन बिगत एक महिना अगाडी समितिको बैठकमा प्रस्ताव ल्याई पारित गरि सकेको थियो । गत हप्ता देखि प्रचार प्रसारमा समेत आईसकेको सन्दर्भमा अचानक प्रर्दशन कार्यक्रमलाई रद्द गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP