म्याग्दी समाज समिति दक्षिण कोरियाले आंधिखोला रनिङ कपमा सहभागिता जनाउने

September 23, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले अक्टुबर १० मा   स्याङजा परिवारले आयोजना गर्न गई रहेको आंधिखोला रनिङ कपमा सहभागिता जनाउने भएको छ ।  उक्त आयोजनामा  सहभागिता जनाउनको लागि कोरियामा रहेका म्याग्देली खेलाडीहरु तयारी अबस्थामा रहन निर्दैशन दिने र बिशेस सरसल्लाहको लागि यसै हप्ताको आईतबार अर्थात २६ तारिखको दिन म्याग्देली खेलाडीहरु समेतको  बिशेस बैठक बोलाउने तयारी भईरहेको जानाकारी समाजका अध्यक्ष श्री नर बहादुर पुन ज्युले बताउनु भएको छ । यस सम्बन्धि थप जानाकारी हेर्न म्याग्दी समाज कोरिया ब्लग हेर्दै गर्नु होला ।

म्याग्देली भलिबल टीममा नयां आशा जगाउंदै सेमि फाईनलमा स्याङजा सित हार्यो म्याग्दी

September 19, 2010

btulachan Seoul,Korea
काम..... काम..... काम.... कामै गर्न कोरिया आएको हामीहरुलाई लभ ईन नेपालले कोरियाली महान चाडको संघारमै भलिबल प्रतियोगिताको आयोजना गरेर निक्कै अप्ठ्यारोमा पारि दियो । साथै कोरियाबासी खेलप्रेमीहरुलाई पानि ।  छुसकको संघारमा आयोजना गरेको यस प्रतियोगितालाई  प्रतिकूल असर पार्न सक्ने सम्भावनालाई  त मैले केहि दिन अगाडी यसै ब्लगमा लेखेको थिएं ।

१९ तारिख आईतबार म्याग्दी समाज र खोताङ सेवा बिच प्रतिस्प्रर्धा हुने

September 14, 2010

यसै हप्ताको आईतबार लभ ईन नेपालले आयोजना गरेको लभईन प्रथम रनिङ कप भलिबल  प्रतियोगिताको छैठौ खेलमा म्याग्दी समाज र खोताङ सेवा समाज बिच प्रतिस्प्रर्धा हुने भएको छ । आयोजक संस्था लभ ईन नेपालले आईतबार गोलाप्रथा सम्पन्न गरि टाईशिट तयार गरेको हो । टाईशिट अनुसार म्याग्दी समाज र खोताङ सेवा समाज बिचको बिजयी टीम बाईमा परेको रेशुङगा युवा समूह संग दोश्रो प्रतिस्प्रर्धा गर्नु पर्ने छ ।

कोरियामा रहेका म्याग्देली चेलीहरुले दर खाए

September 12, 2010

 btulachan Seoul,Korea
म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको हरितालिका तीजको उपलक्ष्यमा आयोजित दरखाने कार्यक्रम अति भब्यताका साथ सम्पन्न भएको छ । गत साल झै यसपालि पानि कोरियामा रहेका म्याग्देली चेलीहरुको सम्मानमा  समाजको तर्फबाट  उक्त कार्यक्रमको आयोजना गरेको हो । राजधानी सउलको तोङदेमुन शहर  स्थित लुम्बिनी रेष्टुरेण्टमा आयोजित दरखाने कार्यक्रममा म्याग्देली तथा गैर म्याग्देली गरि ३६ जना चेलीबेटीहरुको उपस्थिति रहेको थियो भने  ६० जना जति म्याग्देली दाजुभाईहरुको  दह्रो उपस्थितिले कार्यक्रमको हललाई खचाखच पारि दिएको थियो ।

म्याग्दी समाज समितिको आयोजनामा आयोजित दर खाने कार्यक्रम

September 6, 2010

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP