३१ तारिख आईतबार म्याग्दी समाज कार्य समितिको नियमित बैठक बस्ने

October 25, 2010

यसै महिना अर्थात अक्टुबर ३१ तारिख आईतबार म्याग्दी समाज कार्य समितिको  नियमित बैठक बस्ने भएको छ । राजधानी सउल स्तिथ नाकसान भिल्लेजमा बस्ने उक्त बैठकमा समाजको भावि कार्यक्रम तथा अन्य बिबिध बिषयमा छलफल हुने भएको छ ।
 खासगरि बैठकमा म्याग्दी समाज समितिले आगामी सलनाल पर्वमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारी बारेमा छलफल गर्ने छ । उक्त बैठक र स्थानको बारेमा   कार्यसमितिका सम्पूर्ण सदस्य र सल्लाहकार सदस्यहरुलाई समाजका अध्यक्ष नर बहादुर पुनले म्यासेज मार्फत जानाकारी गराई सक्नु भएको जानाकारी गराउंदै यसै सूचनालाई आधार मानेर सम्पूर्ण म्याग्देलीहरुलाई बैठकमा उपस्थित हुन अनुरोध गरिन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP