लुम्बिनी रेष्टुरेण्टमा म्याग्देली दिदी बहिनीहरुको तिहार कार्यक्रम तय

October 27, 2010

कोरियामा रहेका म्याग्देली दिदी बहिनीहरुले आयोजना गर्ने भनिएको  तिहार कार्यक्रम  तोङदेमुन स्थित लुम्बिनी रेष्टुरेण्टमा आयोजना गर्ने  निश्चित भएको छ ।  आगामी नोभेम्बर ७ तारिख आईतबारको दिनको उक्त तिहार कार्यक्रममा म्याग्देली दाजुभाई लगायत कोरियामा रहेका चिर परिचित प्रवासी दाजुभाईहरुलाई निमन्त्रणा दिईने छ । कार्यक्रममा उपस्थित दाजुभाईहरुलाई म्याग्देली दिदी बहिनीहरुले भाईटीका र सयपत्री फूलको मालाले स्वागत गर्ने छन ।
 कार्यक्रममा उपस्थित दाजुभाई मध्य  बिबिध कारणबश टिका लगाउन नमिल्ने दाजुभाईहरुलाई समेत म्याग्देली दिदी बहिनीहरुले ढाकाको टोपी र सयपत्री फूलको गुच्छाले प्रवासमा तिहारको झझल्को मेटाईदिने छन ।  
 बिहान १२ बजे देखि सांझ ५ बजे सम्म समय मिलाईएको यस कार्यक्रममा  म्याग्देली दिदी बहिनीहरुले कोरियामा रहेका प्रवासी दाजुभाईहरुलाई मनग्य खानपिन र भरपूर मनोरन्जनको ब्यबस्था गर्न कम्मर कसेर लाग्दै गरेकोले सायदै कोरियाली भूमिमा सम्भवत: पहिलो आयोजना र स्वागत योग्य कार्यक्रम हुन सक्ने आशा गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP