म्याग्दीको दोबा र भुरुङतातोपानी गाविसमा गएको बाढीपहिरो प्रभावित परिवारको बिच्ल्ली, कोरियामा रकेका म्यग्देलिहरुलाइ सहयोग गर्न म्याग्दी समाज समितिको हार्दिक अपिल

July 18, 2012


"आपतको बेला सहयोग गर्नु नै ठुलो धर्म हो"
गत असार २९ गते आएको पहिरोले घर पुरिएका म्याग्दीको दोबा गाविसको भिरकाटे बगर र  भुरुङतातोपानी गाविसका झण्डै २५ परिवारको बिचल्ली भएको छ । पहिरोले घरमा रहेको अन्नपात, भाँडाकुँडा, तथा सम्पुर्ण लत्ताकपडा समेत पुरेपछि अहिले पहिरो पिडितहरुलाई गास र बासको निकै समस्या परेको छ । आठ जनाको परिवार भएकी खरु पुर्जाले रेडक्रसले दिएको पालमुनी आफ्नो परिवारका सदस्यहरुलाई जेनतेन सुत्न मिलेपनि खानपानमा भने समस्या परेको बताउनुभयो । ‘पहिराले पुर्दापुर्दै निकालेको केहि चाउचाउ र अलिकति चमल थियो, त्यो पनि सकिन लागेको छ, कतैबाट केहि अन्न ल्याएर खाऔं भनेपनि मिल नै लगिदियो, बच्चा पढाउने स्कुल जाने बाटै छैन ।’ पहिरो पिडित खरु पुर्जाले बेदना सुनाउनुभयो्, ‘रेडक्रसले दिएको पालमा परिवारका सबै जना अटिँदैन, हामिभन्दा पनि बच्चालाई समस्या भएको छ । पहिराले सबै घर पुरिएका परिवारका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीले घटना घटेकै दिन छ परिवारलाई पाल, दुइथान कम्बल, एक–एक सेट भाँडा, तिन सेट कपडा बितरण गरेको थियो । दोबा गाविसमा मात्रै पहिरोले घर पुरिएका परिवारको संख्या नौ पुगेकोले बाँकी तिन परिवारलाई पनि राहत सामाग्रि पठाईएको नेपाल रेडक्रस सोसाईटी म्याग्दीका सभापति लेख बहादुर हमालले बताउनुभयो । त्यसैगरी भुरुङ तातोपानी गाविसका पहिरो पिडीतहरुका लागि पनि थप ५ सेट राहत सामाग्रि पठाईएको म्याग्दी रेडक्रसले जनायता पानि सो सामाग्रि अपर्याप्त हुदा सो घर पारिवारको बिचल्ली भएको छ । पुरा पढनुहोस ~~~~
 पहिरोले भुरुङ तातोपानी गाविस–४ का देउबहादुर गर्बुजा, गोपाल पुर्जा, थमबहादुर नेपाली, घार–९ का फौजबहादुर बरुवाल र भुरुङतातोपानी गाविस–७ मा पनि एक घर पुरेको थियो । त्यस्तैगरि भुरुङतातोपानी गाविसकै कटुञ्जे भन्ने ठाउँमा पनि पहिरोले दुई घर पुरिएका स्थानीय टेकबहादुर पुनले जानकारी दिनुभएको छ ।>पहिराका कारण बिस्थापित भएका दोबा गाविसका बिस भन्दा बढि परिवाहरुलाई समेत बसोबासको समस्या परेको छ । पहिरो गएका दिनदेखि नै बिस्थापित बनेकाहरु आफन्तहरुको घरमा शरण लिइरहेको गाविस सचिव दिर्घप्रसाद गौतमले जानकारी दिनुभयो ।
यस्तो अबस्थामा हामी बिदेशमा रहने नेपालिहरुले सहयोग गर्नुको बिकल्प छैन किनकि अपत बिपत्ती बाजा बजाएर अउदैन त्यसैले मानवताको नाताले सहयोग गर्नु हामि सबैको कर्तब्य हो। म्याग्दी समाज समिति दक्षीण कोरिया देश बिदेशमा रहनु हुने नेपालिहृरु बिषेश त म्याग्देलिहरुलाई सहयोग गर्न हार्दिक अपिल गर्दछ। कोरियामा रहनु हुने सम्पुर्ण म्याग्देलिहरु आफ्नो जिल्लामा परेको यो बिपत्ती लाई हामिले टुलुटुलु हेरेर बस्नु हुदैन। हमिले कमाएको आधा दिनको कमाई हामिलाई प्रदान गर्नुहोस यथाशक्य छिटो बाढी पहिरो प्रभाबित ठाउमा हामि पुर्याउने छौ। हजुरको सानो सहयोग रकमले यति धेरै परिवारको घाउमा मलम लगाउन सकिन्छ भने त्यो भन्दा ठुलो अरु कुनै धर्म हामिले कमाउनु पर्दैन । त्यसैले कोरियामा रहनु हुने  नेपालिहरु (बिशेष त म्याग्देलिहरु) ले  म्याग्दी समाज समितिको यो अभियानलाई साथ दिनु हुने छ भन्ने मा म्याग्दी समाज आसावादी रहेको छ साथै हजुरहरुको सहयोगको लागि म्याग्दी समाज समिति हार्दीक अपिल गर्दछ। 
 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP