प्रतिस्प्रर्धात्मक भलिबल खेलको लागि हल निश्चित

April 23, 2009

btulachan
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी मे १७ तारिखको दिन आयोजना गर्न लागेको प्रतिस्प्रर्धात्मक भलिबल खेलको लागि पुरानै हल निश्चित भएको छ । करिव २ हप्ता देखि हलको खोजिमा भौतारिनु भएका समाजका अध्यक्ष श्री नरबहादुर पुनले आज दिउंसो पोहोर साल आयोजना भएको माङओलसान स्थित सिनहोङ तेहाक्योको हल उपलब्ध भएको जानाकारी दिनु भएको हो । हल उपलब्ध भएपछि अब प्रतिस्प्रर्धात्मक भलिबल खेलको लागि अन्य तयारीहरु क्रमबद्द रुपमा अगाडी बढ्दै जाने आशा गरिएको छ । भाग्यशाली चिट्ठाको टिकट भने गत २ हप्ता अगाडि देखि नै बिक्री बितरणमा आईसकेको छ ।

दक्षिण कोरियामा धरपकडले सिमा नाघ्दै छ होशियार !

April 22, 2009

दक्षिण कोरियाली सरकारले वर्क परमिट सिस्टम लागु गरि अति सस्तो ज्यालामा बिदेशी मजदूर भित्र्याए पछि यहां कार्यरत लाखौं मजदूरहरुलाई धरपकड गरि स्वदेश फर्काउंदै गरेको करिब तीन चार बर्ष भई सकेता पनि यस महिना देखि धरपकडलाई अझ तिब्रता दिएको छ । अघिल्लो बर्षको अन्तिम तीन महिनामा करिव २० हजार बिदेशी मजदूरलाई धरपकड गरि स्वदेश फर्काई सकेको छ । ई म्यङ फाक सरकारको स्वार्थी भावनालाई अगाडी सारेर जसरी पनि कोरियालाई अबैध बिदेशी मजदूर बिहिन बनाउन लागि परेको छ । आज मात्रै म्याग्देली युवाहरुको जमात् कार्यरत एक कन्सल्टिङ कम्पनीमा छापा मार्दा म्याग्दी समाजका सदस्य योगेन्द्र पुर्जा धरपकडमा पर्नु भएको छ । अस्ती सोमबार मात्रै थसेस उपाध्यक्ष धरपकडमा परि हिजो सउलबाट ह्वासङ जेलमा स्थानान्तर गरिएको खबर प्राप्त भएको छ । यो हप्ता अन्य स्थानहरुमा पनि थुप्रै नेपालीहरु धरपकडमा पर्नु भएको खबरहरु प्राप्त भएका छन ।त्यसकारण आफ्नो सुन्दर भबिस्य निर्माणका सपना बोकेर कोरियाली भूमिमा कार्यरत हामी नेपालीहरु अति सजग हुन जरुरी देखिन्छ ।

यस्तो बनाईयो भाग्यशाली चिट्ठाको टिकट

April 7, 2009

----------ठूलो साईजमा हेर्न टिकटमा क्लिक गर्नुहोस्

म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा हन गई रहेको प्रतिस्प्रर्धात्मक भलिबल खेलमा भाग्यशाली चिट्ठा कार्यक्रम समेत समाबेश गराउने निर्णय भए अनुरुप चिट्ठाको टिकट डिजाईन गरि छापाखाना पठाईएको छ । आगामी शनिबार सम्ममा टिकट तयार हुने र आईतबारबाट भाग्यशाली चिट्ठाको बिक्री बितरण कार्य शुरु गरिने भएको छ ।

आगामी मे महिनाको १७ तारिख आईतबार प्रतिस्प्रर्धात्मक भलिबल खेलको आयोजना हुने

April 5, 2009

अपर्झत बैठकको समापन पछि सहभागि केहि सदस्यहरुको तस्बिर ।
म्याग्दी समाज समिति दक्षिण कोरियाको आज बसेको अपर्झत बैठकले आगामी मे १७ तारिख आईतबारको दिन प्रतिस्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्नेनिर्णय गरेको छ । राजधानी सउलको तोङदेमुन स्थित नाक्खासान एरियामा आज अप्रान्ह बसेको अपर्झत बैठकले उक्त निर्णय गरेको हो । समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा बसेको बैठकले कार्यक्रममा भाग्यशाली चिट्ठा कार्यक्रम लगायत सेलरोटी सहितको मिष्ठान्न परिकारहरु समितिको तर्फबाट बिक्रीबितरण गर्ने निर्णय गरेको छ । More...

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP